चैत २१ गते बुधवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८० चैत २१ गते | बुधवार ३ अप्रिल २०२४। चैत्र कृष्णपक्ष नवमी तिथि, १३ः५९ बजेपछि दशमी। उत्तराषाढा नक्षत्र, १७ः४८ बजेपछि श्रवण। चन्द्रराशि मकर।

आजको राशिफल

मेष : यात्रा राम्रो हुनेछ। आफन्तको आगमनले घरमा खुशी मिल्नेछ। साथीसँगको भेट रमाइलो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ। प्रयास गरेको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आफ्नो काम आफैंले गर्नुपर्ने समय छ। परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ।

कर्कट : शेयर बजारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

सिंह : दाम्पत्य जीवन सुखमय बित्नेछ। आर्थिक अवस्था सुधार हुनेछ। सहयोग गर्ने साथी धेरै छन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ। प्रेममा सफलता मिल्नेछ।

कन्या : सभा सम्मेलनमा सहभागी हुने अवसर छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धेरै ग्रह सकारात्मक छन्। साथीभाइले साथ दिनेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा असर गर्ने देखिन्छ।

तुला : अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ। परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ।

वृश्चिक : यात्रा सफल हुनेछ। ठुला मान्छेसँगको भेट फलदायी हुनेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। गुमेको धन हात लाग्ने योग छ। शिक्षा क्षेत्रमा गरेको प्रयास सफल हुनेछ।

धनु : लामो समयदेखि संघर्ष गरेको उपलब्धि हात लाग्नेछ। पुराना साथीको भलाकुसारीबाट दिन रमाइलो बन्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सामाजिक काम गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानी गर्ने भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक रोजगारीमा उन्नति हुनेछ।

कुम्भ : आर्थिक कारोबारमा समस्या हुनेछ। परिवारमा घर व्यवहारकै कारण झगडा हुने जोखिम छ। बोलीमा नम्रता आवश्यक देखिन्छ। समाजमा प्राप्त सम्मान जोगाउनुपर्ने दिन छ।

मीन : लगानीको क्षेत्रमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ। ठुलो खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ। सामाजिक कार्यमा लगानी गर्नु फाइदा हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।