बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेका चार जनाले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरुले प्रदेश प्रमुख यादव शर्माबाट बुधबार साँझ पद तथा गोपनियताको शपथ लिएका हुन्।

शालिकराम जम्कट्टेल नेतृत्वको बागमती सरकारमा एमालेका एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री नियुक्त भए छन्।

प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिचाँईं मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मवारी पाएका छन्।

एमालेबाट ४ जना मन्त्री बनेसँगै मन्त्रिमण्डल १३ सदस्यीय बनजेको छ। बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिदषद् कार्यालयसहित १२ मन्त्रालयमा मात्र छ।

मंगलबार नै एकीकृत समाजवादीबाट मन्त्री बनेकी रमा आले मगरले कुनैपनि मन्त्रालयको जिम्मेवारी पाएकी छैनन्। उनले आजै बिहान शपथ लिएकी थिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।