‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै जितु नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  अभिनेता जितु नेपाल ‘ज्वाइँ साब’ बन्ने भएका छन्। बसन्त निरौलाको निर्देशनमा बन्ने ‘ज्वाइँ साब’ सिनेमाको शीर्ष भूमिकामा अनुबन्धित भएपछि उनी पर्दामा ‘ज्वाइँ साब’ बन्ने भएका हुन्।

राज कुमार पण्डितको प्रस्तुति रहेको यो सिनेमाले हास्य शैलीमा सामाजिक विषयवस्तुको कथा पेस गर्ने जानकारी निर्देशक निरौलाले दिएका छन्। सिनेमा आगामी वर्ष तिहारमा रिलिज गर्ने निर्माणपक्षको तयारी रहेको छ।

रेड आई फिल्मसले ओएसआर डिजिटल र मौसम फिल्मससँग सहकार्यमा सिनेमा निर्माण हुनेछ। मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङ सिनेमाका निर्माता हुन् भने विजय बस्याल कार्यकारी निर्माता हुन्।

सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ। वैशाख १५ गतेबाट सिनेमाको छायांकन सुरु गर्ने जनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।