अध्यक्ष रञ्जिताले नाउपाका बागमती अध्यक्षलाई पार्टीबाट निकालिन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सोमबार पार्टी कार्यालयमा कुटपिटमा उत्रिएका दुई जना प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन्। 

एक विज्ञप्ति जारी गर्दै गण्डकीमा पार्टीका प्रदेश अध्यक्ष राजन गुरुङ र वाग्मती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई कारबाहीस्वरुप पार्टीबाट निष्कासित गरेकी हुन्। उनीहरु दुवैलाई पदमुक्त गर्दै पार्टीको साधारण सदस्यबाटसमेत निष्कासित गरिएको हो। 

सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै पार्टी विधानअनुसार पदमुक्त गरी पार्टीबाट निष्कासन गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार अबेर जारी पत्रमा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।