समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने भएको छ ।  आयोजक समादवादी मोर्चाका अनुसार  ‘नेपाली विशेषताको समाजवाद’ शीर्षकमा दिउँसो १२ बजे राष्ट्रिय सभागृह (भृकुटीमण्डप) मा कार्यक्रम सुरु गरिनेछ। 

कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादी मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ (विप्लव सी) वक्ता रहने छन्।

समाजवादी मोर्चामा यिनै चार दल आबद्ध छन्। 

गत साउन ४ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो। आलोपालो प्रणालीअनुसार गत फागुनदेखि विप्लव यसको संयोजक बनेका हुन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।