झिनो अंकले घट्यो नेप्से, सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा झरेको हो ।

यसदिन ३१५ कम्पनीको २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ बराबरको ७२ लाख ९० हजार २०० कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये २ वटा बाहेक सबैको परिसूचक घटेको छ ।

आज सर्वोत्तम सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ४७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । घट्दो बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मायाखोला हाइड्रोपाव र गुराँस लघुवित्तका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज रिभर्स फल्स पावरका शेयरधनीले भने सर्वाधिक ९.९८ प्रतिशत गुमाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।