अनलाइनमार्फत ठगी गर्ने ३ जना चिनियाँ वीरगन्जमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनलाइन मार्फत विभिन्न बहानामा ठगी गरेको आरोपमा एक गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले शनिवार तीन जना चिनियाँ नागरिकलाई पर्साबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक र चिनियाँ भाषाको अनुवाद गर्ने दुई जना नेपाली छन्। तीमध्ये चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ।

अनुवादक दुई जना नेपालीको भने प्रहरीले परिचय खुलाएको छैन। पक्राउ पर्ने चिनियाँ नागरिकमा हुवान प्रान्तका ३३ वर्षीय लियु सियु साइ, हुबेइ प्रान्तका २६ वर्षीय वाङ्ग बोहान र हुबेइ प्रान्तकै ३६ वर्षीय छियाङ्ग छियो रहेका छन्।

उनीहरूबाट १२० थान कम्प्युटर डेस्कटप सीपीयू, ११८ थान मनिटर, तीन ओटा पासपोर्ट, २५ ओटा मोबाइल, १३ थान भारतीय जिओ सिम कार्ड र चार थान ल्यापटप बरामद गरेको छ । त्यस्तै एउटा प्रिन्टर, विभिन्न बैंकका तीन ओटा एटीएम कार्ड, २६ थान किबोर्ड, पाँच ओटा इन्टरनेट स्वीच, दुई/दुई ओटा वाई-फाई राउटर र मिनि इन्भर्टर पनि बरामद गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।