मुलुकलाई समृद्ध बनाउन पर्यटनको विकास गर्नुपर्छः उपप्रधानमन्त्री महासेठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास गर्नेतर्फ केन्द्रित हुनु आवश्यक रहेको बताएका छन् । 

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेश प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा उपप्रधानमन्त्री महासेठले पर्यटनको प्रचुर सम्भावना बोकेको नेपालमा हरेक क्षेत्रबाट पर्यटन क्षेत्रको विकासका लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।

प्राकृतिक सौन्दर्यता, भौगोलिक विविधता, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले समृद्ध प्रदेश मधेश रहेकाले मधेशमा समेत पर्यटनको प्रचुर सम्भावना रहेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री महासेठले जनकपुरधाममा माता सीताको जन्म, ऋषि मुनिहरूको शास्त्रार्थ गर्ने थलो, ५२ कुट्टी तथा ७२ कुण्डको शहर रहेकाले यस ठाउँको सौन्दर्यीकरण तथा विकासका लागि बाह्य चक्रपथको डीपीआर आफू यसअघि भौतिकमन्त्री भएकै बेलामा भइसकेकाले सो को निर्माण कार्य छिट्टै नै अगाडि बढाइने जानकारी दिए ।

उनले जनकपुरधाम–अयोध्या र अयोध्या–जनकपुरधाम रेल सञ्चालनका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएकाले चाँडै रेल सञ्चालन हुने विश्वास पर्यटन व्यवसायीहरूलाई दिलाए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।