काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको छ। त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैजनाको पहिचान खुलेको छ । मृतक मध्ये ४ जना एकै परिवारका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकहरु गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् । भने ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
Comment