निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरको १ महिने अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न अनुरोध गरेको छ। बिहीबार संस्थागत सबै विद्यालयका नाममा पत्र लेख्दै नियमबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्न आग्रह गरेको हो।

शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गरिनुपर्ने हुन्छ।

तर महानगरअन्तर्गतका अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीमा भएको व्यवस्थाबमोजिम नदेखिएको भन्दै नेपालीपन झल्कने नामकरणको प्रक्रिया अगाडि बढाइ एक महिनाभित्र जानकारी गराउन महानगरले भनेको हो।

“…नेपालीपन झल्कने नाम नभएका विद्यालयहरूले नियमावलीमा व्यवस्था भएबमोजिम विद्यालयको नामकरण गर्नको लागि प्रक्रिया अघि बढाई १ (एक) महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित यस विभागमा निवेदन पेस गर्नुहुन अनुरोध छ,” महानगरको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।