इलाम २ मा राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार चयन गरेको छ।

पार्टीको संसदीय समितिको बैठकले गुरुङलाई इलाम २ मा उम्मेदवारको रूपमा अघि बढाउने भएको हो। यसअघि राप्रपा इलामको जिल्ला कार्यसम्पादन समितिको बैठकले लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको थियो।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते निधन भएपछि उपनिर्वाचन गर्न लागिएको हो। उपनिर्वाचनमा नेकपा एमालेले नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार चयन गरेको छ।

प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवारको नाम टुंग्याइसकेका छैनन्। पहिचानवादीको पक्षमा डकेन्द्र लिम्बु र अर्जुनविक्रम शाहीले स्वतन्त्र घोषणा गरेका छन्। नेकपा (एकीकृत समाजवादी)ले जितबहादुर राईलाई उम्मेदवारको रूपमा अघि सारेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।