राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता सेमिफाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको महिला ५० केजी तौल समूहमा सुस्मिता र अस्मिताले अन्तिम चारको यात्रा तय गरेका हुन्। 

अस्मिताले मधेश प्रदेशकी मनिषा राई र अस्मिताले एपिएफकी सानुमाया थिङलाई हराइन्। 

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगितामा महिला ५७ केजीमुनि तौलसमूहमा स्वस्तिका तिरुवाले खेल्न पाइनन्। 

खेल निर्णायकले बोलाएपछि स्वस्तिका र उनकी प्रतिद्वन्द्वी कोशी प्रदेशकी नारिका राई रिङमा उत्रिएका थिए तर खेल शुरु हुन लाग्दा प्रतियोगिताका टेक्निकल प्रमुख पुस्करराज पन्तले स्वस्तिकाले खेल्न नपाउने भन्दै रोकपछि लामो समय विवाद उत्पन्न भयो। 

आइबाको नियमअनुसार १९ वर्षदेखि ४० वर्षसम्म उमेरका बक्सरले मात्र एमेच्योर बक्सिङ खेल्न पाउँछन्। स्वस्तिका उक्त उमेर पुगेकी थिइनन्। 

तर टेक्निकल पन्तले प्रतिष्पर्धा हुनुपूर्व नै त्यसबारे जाँच नगरी रिङ बोलाएको र रिङबाट खेलाडी अयोग्य हुँदा उनीहरूको मनोबल घट्ने भन्दै प्रशिक्षक प्रतिवादमा उत्रिएका हुन्। लामो समयपछि विवादपछि खेल सञ्चालन भयो र कोशीकी नारिका राई विजेता घोषित भइन्।

महिला ५७ केजी तौल समूहमै लुम्बिनी प्रदेशकी ललित बस्नेतले गण्डकी प्रदेशकी दिक्षा राईलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरे। 

महिला ५४ केजी तौलसमूहमा गण्डकीकी सोनिया बडुवाल र त्रिभुवन आर्मीकी लालुमाया क्षेत्रीले सेमिफाइनलमा स्थान बनाएका छन्। सोनियाले सुदूरपश्चिम प्रदेशकी निर्मल एडी र लालुमायाले एपिएफकी नङ्जा बुढामगर हराइन्।

महिला ६० केजी तौल समूहमा बागमती प्रदेशकी नातिसा रानामगरले कर्णाली प्रदेशकी तुल्सी भण्डारीलाई र एपिएफकी संगीता सुनारले नेपाल पुलिसकी लक्ष्मी घर्ती मगरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन्। 

महिला ७५ केजी तौल समूहमा लुम्बिनीकी जुनमाया थारु र आर्मीकी त्रिशा जबेगुलाई हराउँदै अन्तिम चारको यात्रा तय गरे। जुनमायाले गण्डकीकी जोसिका श्रेष्ठ र त्रिशाले वागमतीकी मनमाया गुरुङलाई हराए। 

महिलाकै ६६ केजीमुनि सुदूरपश्चिम प्रदेशकी सन्जीता चौधरी र एपिएफकी विनिता थापामगरले अन्तिम चारको यात्रा तय गरे। सञ्जिताले बागमतीकी तृष्णा गुरुङ र विनिताले कोशीकी नुमा सावादेनलाई हराएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।