सुनको मूल्य प्रतितोला ११ सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ। बुधबार तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला एक हजार चार सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार पाँच सय १० रुपैयाँ तोकिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।