पूर्वडिआइजी रमेश खरेलद्वारा रास्वपा परित्याग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं ।  पूर्वडिआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन्। उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपासँग जोडिएका उनले बुधबार राजीनामा बुझाएकाे बताइएकाे छ।

बारा-२ मा रास्वपाबाट उपचुनाव लडेका उनी जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवसँग पराजित भएका थिए। उनी त्यसअघि भएकाे आम निर्वाचन २०७९ मा काठमाडौं-१ मा चुनाव लडेर पराजित भएका थिए। 

खरेल रास्वपामा भूमिकाविहीन थिए।  पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएपछि उनलाई लिएर स्पष्टीकरण सोधिएको थियो। उनले स्पष्टीकरण सट्टा राजीनामा नै दिएको बताएकाे जनाइएकाे छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।