विनोद चौधरीलाई प्रतिशोध साँधिएको होइनः गृहमन्त्री लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला, जुत्ता कारखाना जग्गा प्रकरणमा सांसद विनोद चौधरीलाई कुनै प्रकारको प्रतिशोध नसाँधिएको दाबी गरेका छन्।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि कुनै प्रकारको प्रतिशोध नसाँधिएको बताए। उनले विधिको शासनलाई पालना गरेर अनुसन्धान गरिएको बताए।

उनले पूर्ण व्यवसायिक मान्छेले व्यक्तिगत, राजनीतिक वा व्यवसायिक प्रतिशोधलाई मध्येनजर राखेर नहेर्ने भन्दै त्यस्तो व्यक्ति राज्यको निकायमा बस्नलायकसमेत नहुने बताए। उनले आफूले आफ्नो कार्यकालमा कुनै राजनीतिक पूर्वाग्रह नराख्ने पनि उल्लेख गरे। उनले कानूनले दिएको अधिकारलाई दुरुपयोग नगर्ने पनि बताए।

उनले भने, ‘सरकारले पहिला थुन्ने अनि त्यस्पछि सुन्ने भन्ने कुराको जुन गुनासो देखिएको थियो। सांसद विनोद चौधरीको केसमा त्यस्तो कुरा देखिएनजस्तो लाग्छ मलाई। यसैसँग सम्बन्धित रहेका अगाडिका अनुसन्धानका प्रक्रियामा कहीँकतै गुनासो आएको पनि हामीले नसुनेको होइन। सुनेका थियौँ। त्यस्तो नीति होइन भन्ने कुरा मेरो स्पष्ट धारणा रहेकाले विधिको शासनलाई फलो गरेर, कानुन बाहिर रहेर प्रतिशोध साँध्ने भन्ने कुरा हुन सक्दैन। एउटा पूर्ण व्यवसायिक मान्छेले त्यस्ता कुराहरुलाई (प्रतिशोधलाई) मध्येनजर राख्दैन।’

गृहमन्त्री लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियारको अनुमतिको सम्बन्धमा कानुनले दिएकोभन्दा बढी अधिकार प्रदान गरिएको बताए। उनले त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको पनि उल्लेख गरे।

अधिकारप्राप्त व्यक्तिभन्दा अन्य व्यक्तिको साथमा हतियार रहेकाले प्रहरीले पक्राउ गर्नुपरेको उनको भनाइ छ। यद्यपि, सम्बन्धित व्यक्तिहरुलाई रिहाइ गर्ने सर्वोच्च अदालतको आदेशको सरकारले सम्मानपूर्वक ग्रहण गर्ने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।