चैत १६ देखि काठमाडौंमा प्रथम नेसनल हर्टिकल्चर एक्स्पो २०८० हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा चैत १६ गतेदेखि काठमाडौंमा प्रथम नेसनल हर्टिकल्चर एक्स्पो २०८० आयोजना हुने भएको छ।

नर्सरी व्यवसायी संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डपमा आगामी चैत १६ गतेदेखि १९ गतेसम्म एक्स्पो हुने जानकारी गराएको हो।

समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रुपमा यस वर्ष देखि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको बृहत प्रदर्शनीका रुपमा नेशनल हर्टिकल्चर एक्स्पो आयोजना गर्न लागिएको मेला संयोजक रामजी कुँवरले जानकारी दिए।

मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडिबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरि सात सय भन्दा बढि प्रजातीका बोटबिरुवाहरुको प्रदर्शनी हुने उनले बताए।

त्यस्तै मेलामा ७४ वटा व्यवसायीक, ४ वटा फुड स्टल, ७ वटा अफिसियल तथा प्रतिष्पर्धाका ५ गरि जम्मा ९० वटा स्टल रहने कुँवरले जानकारी दिए।

मेलाको ५० हजार बढिले अवलोकन गर्ने र रु १ करोड भन्दा बढिको आर्थिक कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।