त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान गर्न प्रकाशित बोलपत्र रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान गर्न आह्वान बोलपत्र रद्द गरिदिएको छ।

निर्माण कम्पनी छनोट प्रक्रियामा विवादका उत्पन्न भएसँगै राखेपले साउन १७ गते फ्लड लाइट जडानका लागि प्रकाशित बोलपत्र रद्द गरिएको हो।

पहिलो पटक खोलेको बोलपत्रमा कुनै पनि कम्पनीले चासो नदेखाएपछि राखेपले दोस्रो पटक बोलपत्र आह्वान गरेको थियो। सो बोलपत्रपश्चात ‘फ्लड लाइट’ हाल्ने ठेक्का गत मंसिरमा एमएसआईपीएल–एएससी पावर जेभीले २७ करोड ४ लाख २ हजार २२ रुपैयाँमा पाएको थियो।

सार्वजनिक खरिद ऐन २०६३ दफा २७ २ अनुसार एमएसआईपीएललाई ‘फ्लड लाइट’ जडानको जिम्मेवारी दिएको जानकारी गराएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।