तीन वटा संसदीय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ। जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दैछ। बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल हुनेछ। 

त्यस्तै दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ।

त्यसैगरी दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको छ। बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धी छलफल हुनेछ कार्यसूची रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।