सुनको मुल्यमा उच्च वृद्धि,कतिमा हुदैछ करोवार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाली बजारमा छापावाला सुनको भाउ एकैदिन २ हजा ६०० रुपैयाँले बढेर कीर्तिमानी उचाई बनाएको छ ।

बिहीबार छापावाला सुनको भाउ १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै धेरै हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ पनि १ लाख २७ हजार २०० रुपैयाँ कायम भएको छ। बुधवार भने छापावाला सुनको भाउ १ लाख २५ हजार २०० रुपैयाँ र तेजावीको १ लाख २४ हजार ६०० रुपैयाँ निर्धारण भई खरिदबिक्री भएको थियो ।

यस्तै, साताको पाँचौं कारोबार दिन चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ५५५ रुपैयाँ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।