आयरल्यान्ड ‘ए’ र मैत्रीपूर्ण खेलका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले आयरल्यान्ड ‘ए’ ( आयरल्यान्ड वुल्भ्स) र एसएमएस फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

नेपालले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।नेपालले आयरल्यान्डसँग नेपालमा २ मैत्रीपूर्ण खेल खेल्दा भापी गुजरातमा गएर भारतको राज्य स्तरीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ।

बुधबार घोषणा भएको टिमले ट्वान्टी–२० शृंखलाको सुरुआती दुई खेल खेलेपछि गुजरात र बरोडासँगको एसएमएस मैत्रीपूर्ण कपका लागि भारत प्रस्थान गर्नेछ । नेपालले त्रिवि मैदानमा चैत १२ र १३ गते आयरल्यान्ड्ससँग टी-२० खेल खेल्नेछ। त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा र गुजरातसँग २-२ वटा टी-२० खेल खेल्ने तालिका छ।

नेपाली टिम :

रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी, अभिनाश बोहरा, आकाश चन्द

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।