भारतबाहेकका पर्यटकले क्यूआरमार्फत भुक्तानी गर्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत बाहेक तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले त्यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै ‘नेसनल पेमेन्ट स्वीच’ मार्फत विदशमा जारी भएको ‘क्यूआर कोड’ बाट हुने भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो ।

‘नेपाली व्यवसायीले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवत्र्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी विदेशमा जारी भएको क्यूआर कोडमार्फत नेसनल पेमेन्ट स्वीचका माध्यमबाट स्वीकार गर्न सकिने छ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा छ, ‘यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिम र सोको निराकरणन्यूनीकरणका उपाय सम्बन्धित वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंक आफैंले विश्लेषण तथा व्यवस्थापन गर्नुपर्ने छ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।