ओलीको भावनात्मक अनुभूति-‘डायलाइसिस कष्टकर छ, मिर्गौला जोगाऔं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व मिर्गौला दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला बिग्रेपछि जीवन ज्यादै  कष्टकर हुने भएकाले सुरुमै सजगता अपनाउन आम नागरिकलाई सुझाव दिएका छन्।

दुईपटक मिर्गाैला प्रत्यारोपण गराएका ओलीले  आज बिहान सामाजिक सञ्जालमार्फत मिर्गाैला जोगाउन आम नागरिकलाई आग्रह गरेका हुन्। उनले लेखेका छन्, आज विश्व मिर्गौला दिवस । मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु।

हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं। मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं ! ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।