एन्फा उपाध्यक्षसहित १० जनालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय फुटबल टिमको साथमा मलेसिया भ्रमणमा गएका एन्फाका पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएको छ ।

बुधबार मलेसिया गएको नेपाली टिमको साथमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका थिए ।

टिमसँगै जानेमा एन्फा उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्री, सीईओ इन्द्रमान तुलाधर, जिल्ला सदस्यहरू भरत घिमिरे , बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ र ज्ञानबहादुर राई (किट व्यवस्थापक) छन् ।

एन्फाले वैदेशिक भ्रमणमा जान राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिनुपर्नेमा सो प्रक्रिया पूरा नगरेको कारण उनीहरुलाई कारबाही गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।