नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।

बुधवारको प्रतिनिधिसभामा बोल्दै पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले यस्तो बताएकी हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अध्यक्ष श्रेष्ठले बताइन्। उनले आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको बताइन्। उनले राजनीतिक दलहरूले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन गर्न सक्नुपर्ने बताइन्।

श्रेष्ठले भनिन्‚ ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ। राजनीतिक दलहरूले आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन गर्न सक्नुपर्छ।’

अध्यक्ष श्रेष्ठले साना राजनीतिक दलहरूबिना अहिलेको परिस्थितिमा सरकार बनाउने प्रयास सफल नहुने बताइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।