काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री दाहालले जसरी काम गर्न खोजेको थिएँ त्यसरी यो टिमले काम गर्न सक्दैन भन्ने भएपछि गठबन्धन फेरेको बताए।
अहिले आफूले मात्र उथलपुथल नगरेको बताउँदै प्रधानमन्त्री दाहाल यो निरन्तरतामा क्रमभंगताकै श्रृंखलामा यो भएको बताए।
‘निरन्ततरता र क्रमभंगताबाट अघि बढ्छ। १४–१५ महिनामा उथलपुथल भइरहेको छ। यो विकासको एउटा नियम हो,’ उनले भने, ‘सरकार पुनर्गठन र आवश्यकताबारे यसअघि नै सरकारलाई जानकारी गराइसकेको छु।’
प्रधानमन्त्री दाहालले आफू अर्थतन्त्र सुधार गर्न लागिपरेको बताउँदै सर्वभौम संसदमा साथ चाहिएको बताए।
Comment