प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्वीप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।

मंगलबार बिहान बसेको ‍पार्टीकाे संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकले सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्वीप जारी गरेको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। रास्वपाका २१ सांसद रहेका छन्।

प्रधानमन्त्री प्रचण्डले बुधबार तेस्रो पटक विश्वासको मत लिँदैछन्। फागुन २१ गते उनले नेपाली कांग्रेससँगकाे गठबन्धन ताेडी नेकपा एमालेसहितकाे नयाँ सत्ता समीकरण बनाएका छन्, जसमा रास्वपा पनि सहभागी भएकाे छ।

नयाँ मन्त्रिपरिषद्‌मा रास्वपाका तर्फबाट पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री, उपसभापति डोलप्रसाल अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।