पारस खड्का नेतृत्वको टीमले जित्यो लिजेन्ड कप टी-१० क्रिकेटको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लिजेन्ड कप टी-१० क्रिकेटको उपाधि पारस खड्का नेतृत्वको टोली सन् २०१४ को टी-२० विश्वकप टोलीले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै टोलीले उपाधि जितेको हो ।

रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको टी-२० विश्वकप टोलीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । टी-२० विश्वकप टोलीले दिएको १०२ रनको लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रनमात्र बनाउन सक्यो ।

प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी रहेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।