घुस लिँदै गर्दा असई र वरिष्ठ हवल्दार पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी । नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) र एक प्रहरी वरिष्ठ हवल्दार घुस लिँदै गर्दा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका इन्चार्जसमेत रहेका असई शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई घुसका रूपमा २० हजार रुपैयाँ लिँदै गर्दा पक्राउ गरेको हो।

अख्तियारका अनुसार जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन स्थानीय एक सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा आइतबार साँझ साढे ५ बजे गैरीटोलबाट दुवैजना पक्राउ परेका हुन्।

दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।