नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।  

आइतबार बसेको पदाधिकारी बैठकले उनलाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी प्रचण्डका भाइ हुन्।

दाहाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए। उनको पदावधि २०८४ सम्म छ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचय यही फागुन २९ गते हुँदैछ। माओवादी केन्द्रले अध्यक्ष पाउने सत्ता गठबन्धनमा सहमति भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।