कांग्रेसबाट युवराज शर्मा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षका लागि युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । शर्मा लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।

नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको सचिवालयका निजी सचिव केशवराज जोशीले फागुन २९ गते हुने निर्वाचनका लागि शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको काठमाडौं प्रेशलाई जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।