दुई मन्त्रीले आइतबार सपथ लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं । जनता समाजवादी पार्टी आइतबार सरकारमा सहभागी हुने भएको छ । दुई नेताले आइतबार मन्त्रीको सपथ लिने तय भएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादब र नवलकिशोर साह मन्त्री बन्ने निर्णय भइसकेको छ। साथै, दीपक कार्की राज्यमन्त्री हुनेछन् ।

उपेन्द्र यादबलाई उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । साह वनमन्त्री बन्नेछन् ।

मन्त्रिपरिषद् विस्तार लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै संसदमा बिश्वासको मत लिने तयारी गरेका छन् । ३० फागुनमा विश्वासको मत लिनेबारे उनले तयारी गरेका छन् ।

एमाले र माओवादी केन्द्रबाट केही राज्यमन्त्री पनि थप हुने सम्भावना छ । हाल प्रधानमन्त्रीसहित २० सदस्यीय मन्त्रिपरिषद् छ । संविधानअनुसार बढीमा २५ सदस्यीय बनाउन पाइन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।