कति छ आज सुनको मूल्य?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर छ । अघिल्लो दिन अर्थात् बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज भने स्थिर बनेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख २५ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख २४ हजार ४०० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । बिहीबार १ हजार ४७० रुपैयाँ कारोबार भएको थियो । आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।