ममाथि कुनै दाग लागेन : पूर्वमन्त्री किराँती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन्।

बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफूमाथि कुनै पनि दाग नलागेको बताए। उनले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताए।

उनले एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको पनि बताए। उनले मन्त्रीको रुपमा रहँदा आफू कुनै पनि विवादमा नआए पनि विवादित बनाइएको जिकिर गरे। 

प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीहरुको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उनले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।