कर्णालीमा कांग्रेसका सबै मन्त्रीले दिए राजिनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत  । कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका सबै मन्त्रीले राजीनामा दिएका छन् ।

उनीहरुले पत्रकार सम्मेलनमार्फत राजीनामा गरेको जानकारी दिएका हुन् ।

कर्णाली सरकारमा कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए ।

केन्द्रमा सत्ता गठवन्धन बदलिएसँगै कर्णालीका मन्त्रीहरूले राजीनामा दिएका हुन् । कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।