त्रिकोणात्मक टी–२० सिरिज : उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ११ बजेदेखि आमने सामने हुने छन् । 

नामिबिया पनि सहभागी सिरिजमा उपाधि भिडन्त भने नेपाल र नेदरल्याण्ड्सको बीचमा हुन लागेको हो । नेदरल्याण्ड्सले चार खेलमा दुईमा जित र एक नतिजा विहीन र एक खेलमा पराजयका साथ ५ अंक बनाउँदै शीर्ष स्थानमा रहँदै फाइनल खेल्दा नेपाल दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो । 

नेपालले सुरुका दुई खेलमा पराजय भोगे पनि पछिल्ला दुई खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न सफल भएको थियो । नेपालको चार अंक रहेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आजको फाइनल पछि नेपाली टिम मार्च ९ बाट हङकङ र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टी २० क्रिकेट खेल्न जाने छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।