काठमाडौं । नयाँ सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेका लागि तय भएको छ ।
ठबन्धनबाट नेकपा एमालेका शंकर पोखरेल, माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र जनता समाजवादीका राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन्।
पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरी ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्।
सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले बिनाविभागीय मन्त्रीको शपथ खाएका थिए।
Comment