काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालेको बताएका छन्।
बालुवाटारमा सोमबार बिहान सुखानी शहीदका परिवारसँगको भेटमा उनले आजैदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेको प्रतिक्रिया दिए।
भेटमा सुखानी शहीद परिवारका सदस्य विशेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल र बुद्ध घिमिरेलगायत सहभागी थिए।
तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा लगेर हत्या गरेको थियो।
कम्युनिष्ट आन्दोलन र जनयुद्धलाई जोड्न भन्दै माओवादी केन्द्रले फागुन १४ देखि २१ सम्म शहीद सप्ताह मनाउँदै आएको छ।
Comment