राजीनामा दिन तयार रहन मन्त्रीहरूलाई देउवाको निर्देशन, जोगिएला गठबन्धन?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सामेल भएका मन्त्रीहरूलाई जुनसुकै बेला पदबाट राजीनामा दिन तयार रहन निर्देशन दिएका छन्। आइतबार निवासमा बोलाएर सभापति देउवाले मन्त्रीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

सभापति देउवाले राजनीतिक परिस्थिति कस्तो हुने निश्चित नभएकोले जस्तोसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएको स्रोत बताउँछ। यो गठबन्धन सरकार हो, मेरो मात्र मन जितेर हुन्न, प्रधानमन्त्रीजीको पनि मन जित्ने गरी काम गर्नुहोला, सभापति देउवाका भनाइ उद्धृत गर्दै एक नेताले भने।

आइतबार एमालेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा एक्कासि पुरानो अडान छाडेर माओवादीलाई सजिलो हुनेगरी धारणा अघि सारेपछि कांग्रेस सशंकित बनेको छ।

यद्यपी, एमाले स्रोतका अनुसार आइतबार साँझ प्रधानमन्त्री प्रचण्ड, एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव वर्षमान पुनले छुट्टै बसेर निर्णायक छलफल गरेका छन्। रास्वपा, जसपालाई पनि सँगै लिएर नयाँ गठबन्धन बनाउनेतिर राजनीति अघि बढेको स्रोतको दाबी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।