समीक्षा अधिकारी भन्छिन्: बलात्कारी पनि दुई प्रकारका हुने रहेछन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गायिका समीक्षा अधिकारीले समाजमा बलात्कारी दुई प्रकारका हुने रहेछन् भन्दै चितवनकी शालिन पोखरेल मृत्यु प्रकरणको छानबिन गर्न माग गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन् । १ माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन् । २ जबरजस्ती गर्ने बलात्कारी, जस्ले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् । यी दुवै फाँसीका लायक छन् ।’ 

चितवनको रत्नगरमा एक होस्टेलमा पोखरेलको शव भेटिएको थियो । उनका बाबुले छोरीमाथि बलात्कार भएको बताउँदै आएका छन् भने प्रहरीले यो आत्महत्या भएको निष्कर्ष निकालेको छ । 

गायिका अधिकारीले यही विषयमा सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु ।’  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।