गठबन्धनमा समस्या छैन, बलियो जगमा उभिएको छ: माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्।

पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने– ‘गठबन्धनमा त्यस्तो कुनै प्रश्न खडा भएको छैन। गठबन्धन धर्मराएको पनि छैन। बलियो जगमा उभिएको छ।’

धेरै राजनीतिक दल गठबन्धनमा रहेकाले सामान्य समसया आउने उल्लेख गर्दै अध्यक्ष नेपालले ती समस्याको समाधान खोजिने बताए। ‘देखिएका समस्याको छलफलबाट उपाय निकालिन्छ’ उनले भने।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र आफ्नो पाटीको बैठक बसेको तथा बिचारहरु आएको उल्लेख गर्दै उनले बिचारको आधारमा कुन ढङ्गले अघि बढ्छन् त्यो हेर्न बाँकी रहेको जिकिर गरे।

गठबन्धनमा देखिएका दरारलाई समाधान गर्दै अघि बढ्ने अध्यक्ष नेपालको भनाइ थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।