कार्यपालिका र न्यायपालिका संसद्‌माथि हावी भए देश बन्दैनः उपसभामुख राना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले कार्यपालिका र न्यायपालिका संसद्‌माथि  हावी भए देश नबन्ने बताएकी छिन्। 

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभामुख रानाले संसदमाथि  कार्यपालिका र न्यायपालिका हाबी भएमा देश नबन्ने बताएकी हुन्। 

उनले सत्तारुढ पार्टी र प्रतिपक्ष पार्टी मिलेर जनताको हितमा काम गर्नुपर्ने बताइन्। कुनैपनि पार्टीगत स्वार्थमा काम गर्न नहुने बताउँदै उनले संसद्‌बाट राम्रो कानुन र नीति निर्माण हुनुपर्नेमा जोड दिइन्। 

उपसभामुख रानाले शक्ति हुनेको ठाउँमा मात्रै विकास जाने कुरा नभई सबै ठाउँमा विकास जानुपर्ने बताउँदै विकास निर्माणको काममा विकट क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। 

उनले लघुवित्त पीडितहरुको माग समयमै पूरा हुनुपर्ने उल्लेख गर्दै उनीहरु पनि आन्दोलनका क्रममा नियम, कानून र अनुशासनमा बस्नुपर्ने बताइन्। निषेधित ठाउँमा आन्दोलनकारी जान नहुने उनको भनाइ थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।