काठमाडौं जिल्ला अदालतबाट हेलमेट चोरेको आरोपमा एकजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हेलमेट चोर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । अदालतको गेटबाट लगातार हेलमेट चोरी गर्ने गरेको आरोपमा गोरखाका सञ्जय थापा मगरलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनले आफूले हेलमेट चोरेको स्वीकार गरेका छन् । उनलाई सादा पोसाकमा खटिएका प्रहरी जवानले पक्राउ गरेका हुन् ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत सिंहदरबारमा राखिएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।