संसद् भवन परिसरबाट पक्राउ परेका लघुवित्त पीडितलाई ७ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमवार संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४९ जना लघुवित्त पीडितलाई काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

उनीहरूविरुद्ध मुद्दा अघि बढाउन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४८ जना महिला र एकजना पुरुष आन्दोलनकारीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।

पक्राउ परेका उनीहरूलाई काठमाडौंस्थित नयाँबानेश्ववरसहित विभिन्न प्रहरी वृत्तको हिरासतमा राखिएको छ।

सोमबार दिउँसो ऋणीहरूले प्रहरीको आँखा छलेर संसद भवनभित्र पसेका थिए। भवनको परिसरमा पुगेर उनीहरूले न्याय माग गर्दै नाराबाजी गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।