प्रहरीबाट कहीँ कतै समस्या देख्नुभएको छ भने खबर गर्नुस् : गृहमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी ।  ​उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्ध नेपाल निर्माण र सामाजिक न्याय स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।  ​

खड्क नगरपालिकास्थित कल्याणपुरमा खड्क बहुमुखी क्याम्पस भवनको उद्घाटन तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले विकास र समृद्धिको प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे। 

जनताको सामाजिक आर्थिक जीवनमा परिवर्तन ल्याउनु आजको मुख्य कार्यभार भएको भन्दै गणतन्त्र स्थापनापछि केही सकारात्मक परिवर्तन भएको उनको भनाइ थियो। गृहमन्त्री श्रेष्ठले सुशासनका लागि भ्रष्टाचार निर्मूल आवश्यक भएको बताए।

प्रहरी जनताको सेवाका निम्ति रहेकाले जनताको सुखदुःख र पीडामा उनीहरुलाई साथ दिनुपर्नेमा उनले जोड दिए। 

गृहमन्त्री श्रेष्ठले भने, “प्रहरी प्रशासन जनताको सेवाका निम्ति हुनुपर्छ, हामीले कडाइपूर्वक निर्देशन दिएका छौँ। कहीँ कतै समस्या देख्नुभएको छ भने खबर गर्नुस्।”

उनले सबै मिटरब्याजपीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। “मिटरब्याजपीडितको समस्या समस्या समाधान हुन्छ, यसका लागि हामीले कानून बनाएका छौँ। आयोग गठन गरी काम पनि गरिरहेका छौँ। सबै पीडितले न्याय पाउनुहुन्छ”, उनले। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।