एपिएफलाई हराउँदै मछिन्द्रले जित्यो बागमती गोल्डकपको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । छैठौं संकरणको बागमती गोल्डकपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ। मकवानपुरको बागमती गाउँपालिकामा बिहिबार सम्पन्न फाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ४–० ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो।

मछिन्द्रलाई सानदार जित दिलाउने क्रममा क्रिष्टोफर चिजोवाले २ तथा करिमले १ गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो।

खेलको १४औं मिनेटमा करिमको गोलमा मछिन्द्रले सुरुआती अग्ता लियो। पहिलो हाफ १–०मै सकिएको खेलमा दोस्रो हाफा मछिन्द्रले थप ३ गोल गरेको थियो।

५७औं मिनेटमा चिजोवाले मछिन्द्रको अग्रता दोब्बर बनाए। ६२औं मिनेटमा कुलदीप कार्कीले आत्मघाती गोल गरेपछि मछिन्द्रले ३–०को अग्रता लियो। त्यसपछि चिजोवाले ६३औं मिनेटमा गोल गरेपछि मछिन्द्रले खेल ४–०ले जित्दै उपाधि उचाल्यो।

उपाधिसँगै १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता एपिएफले ५ लाख रुपैयाँमा चित्त बुझायो।

मछिन्द्रका उत्सव राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे। यस्तै, उत्कृष्ट गोलरक्षक मछिन्द्रका प्रदीप भण्डारी, डिफेन्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर विशाल तामाङ, फरवार्ड मछिन्द्रका हिसुव थपलिया र प्रशिक्षक मछिन्द्रका सन्तोष न्यौपाने घोषित भए। विधागत उत्कृष्ट सबैले २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।