महासमिति बैठकले पार्टीलाई वैचारिक रुपले समृद्ध र संगठनात्मक रुपले सबल बनाएको छः देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रुपमा समृद्ध र संगठनात्मक रुपमा सबल बनेको बताएका छन्।

बिहीवार पार्टीको महासमिति बैठक समापन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रुपले समृद्ध र संगठनात्मक रुपले सवल भएको सन्देश प्रवाह भएको बताए। उनले पार्टी अनुशासित, ऊर्जावान र एकतावद्ध बनाउने सन्देश पनि प्रवाह भएको बताए। उनले महासमिति बैठकले नेपाल र नेपाली काँग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्व राख्ने विश्वास व्यक्त गरे।

उनले महासमिति बैठकपछि नेपाली काँग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको बताए। सभापति देउवाले काँग्रेस सत्तारुढ गठबन्धनको प्रमुख घटक भएको भन्दै मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारलाई सहयोग गर्नु मुख्य दायित्व हुने बताए।

सभापति देउवाले महासमितिमा प्राप्त सुझावहरुलाई आगामी केन्द्रिय समिति बैठकमा छलफल गरी प्रतिवेदनहरुलाई परिमार्जन गरिने पनि बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।