दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

साधरण सभा तथा लाभांश प्रयोजनका लागि सिद्धार्थले भोलि (फागुन ११ गते) र स्वरोजगारले फागुन १३ गते बुकक्लोज मिति तोकेका छन् । सो अनुसार दुवै कम्पनीको आजसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने छन् ।

सिद्धार्थ प्रिमियरले गत वर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गरेकाे छ । उक्त लाभांश पारित गर्न कम्पनीले फागुन ३० गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

त्यसैगरी, स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न लघुवित्तले फागुन २६ गते नेपाल हाउस हात्तीसार, काठमाडौंमा वार्षिक साधरण सभा बोलाएको छ ।

दुवै कम्पनीको साधरण सभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीले पाउने छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।