ललिता निवास क्षेत्र सात दिन भित्र खाली गर्न काठमाडौँ महानगरको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललिता निवास क्षेत्र एक साता भित्र खाली गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ।   बुधबार सूचना जारी गर्दै महानगरले सात दिनभित्र सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानरपालिकालाई सहयोग गर्न अनुरोध गरेको हो ।  

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थाानीय तहको सम्पत्तिको संरक्षणसम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानूनी दायित्व महानगरपालिकालाई तोकेको सूचनामा भनिएको छ । 

महानगरले यो सूचना प्रकाशित भएको सात दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्था हट्न र नहटेमा प्रचलित कानून बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्ति संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने समेत उल्लेख गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।