नक्कली डीएसपी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका डीएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । 

पक्राउ पर्नेमा काठमाडौं चुनदेवी बस्ने ५२ वर्षीय प्रवीण श्रेष्ठ रहेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौं उनी बहालवाल तथा अवकाश प्राप्त डीएसपी नभई सर्वसाधारण व्यक्ति रहेको जनाएको छ। तर उनले आफू डीएसपी भन्दै थर्काउने काम गरेका थिए। 

मधेसी मुलका एक गाडी चालकलाई लाजिम्पाट क्षेत्रमा धम्कयाउँदै आफू प्रहरीको डीएसपी भन्दै उनले थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। पक्राउ परेका विरुद्ध नैतिकता विरुद्धको कसुर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।