काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा तीन पूर्वसचिवहरूसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पूर्व सचिवहरू सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
तीनै जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन् ।
यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङलाई पनि मुद्दा हालिएको छ ।
कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली पनि प्रतिवादी छन् । परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी छन् ।
Comment